नेपाल बैंकले सुरु गर्यो ५ लाख लिमिटको क्रेडिट कार्ड, सेयरका 'बादशाह' प्रधान बने पहिलो ग्राहक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 08:08:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पु¥याउने उद्देश्यले  क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।

यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा रु.२० हजारदेखि अधिकतम सीमा रु.५ लाख कायम गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार भिसा इन्टरनेशनलसँगको आवद्धतामा क्रेडिट कार्ड सेवा सुरु गरेको हो ।

कार्डको प्रयोगबाट पीओएस टर्मिनल, एटिएम टर्मिनल तथा तथा अनलाइन प्रणाली मार्फत  विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म  बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटिएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिने बैंकले जनाएको छ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पु¥याउने विश्वास बैंकले व्यक्त गरेको छ ।  

 बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले नेपालको सेयरबजारमा 'बादशाह' को नामले समेत चिनिने बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन्।

क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधि मार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएको भन्दै अध्यक्ष् मरासिनीले यो सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिएका छन्  ।  

 बैंकको क्रेडिट कार्ड ग्रहण गर्दै ग्राहक प्रधानले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक बन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै बैंक व्यवस्थापनलाई धन्यवाद दिनुका साथै क्रेडिट कार्ड सेवाको सफलताको शुभकामना समेत व्यक्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved