कृषि विकास बैंकले ल्यायो क्रेडिट कार्ड, १० लाखसम्मको लिमिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 03:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैकले क्रेडिट कार्डको शुरुवात गरिसकेको छ । बैंकले २०७८ बैशाख महिनाबाट क्रेडिट कार्डको शुरुवात गरेको हो ।

बैंकका अनुसार क्रेडिट कार्डको सीमा न्यूनतम रु २५ हजारदेखि अधिकतम रु १० लाख  सम्म कायम गरिएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी EMV Compliance, Contactless Payment Featuresनेपाल र भारतमा चल्ने, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न ग्राहकहरुमा अनुरोध गरेको छ ।   

हालसम्म बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ । यस्तै नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved