नबिल बैंकले सुरु गर्यो दिगो बैंकिङ सेवा, १ करोडसम्मको उद्यमशील कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 05:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले नबिल दिगो बैंकिंग सेवाको सुरुवात गरेको छ । बैंकले आज एक भर्चुअल कार्यक्रम गरी उक्त सेवाको सुरुवात गरेको हो ।  बैंकले नबिल दिगो बैंकिंग अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्योमशील कर्जाको पनि सुरुवात गरेको छ ।  

बैंकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटि) सँग पनि एमओयू सम्झौँता गरेको छ । बैंकका तर्फबाट बैंकका सिइओ अनिल केशरी शाह र सिटिईभीटिका तर्फबाट सदस्य सचिव जिव नारायण काफ्लेले उक्त सम्झौँता गरेका हुन् । 

 स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउने, उत्पादनहरुलाई व्यवसायिक बनाउने तथा दिगो बैंकिंगको अभ्यासका लागि यस्तो बैंकिंग सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले यसको लागि बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको जनाएका छन् । 

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको जनाएको छ । 

बैंकको नविल किसान कर्जामा १० लाख सम्म व्यक्तिगत कर्जा तथा २५ लाख सम्म फर्म दर्ता गरेका ग्राहकहरुले कर्जा पाउने छन् । यस्तै १५ लाख सम्म धितो नराखी उक्त कर्जा लिन सकिने बैंकले जनाएको छ । यस्तो कर्जा ग्राहकको प्रोजेक्ट तथा उद्देश्यहरु हेरेर मात्र प्रदान गरिने बैंकले जनाएको छ। यस कर्जाको अवधि १ वर्ष देखि ५ वर्षसम्म हुनेछ ।

यस्तै नबिल उद्यमशील कर्जामा १० लाख देखि १ करोड सम्म कर्जा पाइने छ । यसको अवधि भने १ वर्ष देखि ८ वर्ष सम्म हुनेछ । यस कर्जाले उद्यमशील भइरहेका तथा नँया उद्योमीहरुलाई आकर्षण गर्ने विश्वास बैंकले लिएको छ । 

यो सेवा हाल बैंकको १७ ओटा शाखाहरुमा केन्द्रित गरे पनि अन्य शाखा बाट पनि याे सुविधा लिन सकिने  तथा यो सेवा आगामी आर्थिक वर्षबाट लागू हुने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved