सिद्धार्थ बैंकले इजीबैंक मार्फत बैंकिङ सुविधा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 02:21:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले इजीबैंक ‘EasyBank’ नामक अनलाइन प्लाटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहेर इजीबैंक सार्वजनिक गरेको हो ।

यस इजीबैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com/ मा गई वा सोझै  https://easybank.siddharthabank.com/   लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सक्ने छन् । 

यस प्लाटफर्ममा बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले चाहेको  डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्नेछन् । हाल इजीबैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नं हेर्न सक्नेछन् । 

इजीबैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहेनेमा बैंकको विश्वास रहेको बताएको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामी दिनहरुमा यस प्लाटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लाटफर्मलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्रि बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved