सिभिलका सीइओ पोखरेलले सम्हाले कार्यभार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 05:55:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले वैशाख १८ गते राजीनामा दिएपछि हालसम्म सीइओ विहीन भएको बैंकमा नयाँ सीईओका रुपमा पोखरेलले कार्यभार सम्हालेका हुन् । 

सन् १९९१ मा बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी एसिया, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिनिन्छ । उनले विदेशी बैंकमा तीन वर्ष काम गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved