सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited का प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले आज संचालक समिति समक्ष राजिनामा दिएका हुन् ।
गौतम २०७५ बैशाख १९ गतेदेखि बैंकको सीईओ भएका थिए। सेन्चुरीमा सीइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्यस अघि भने उनी माछापुच्छ्रे बैंकको सीईओ थिए । माछापुच्छ्रे आउनु अघि गौतम नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर थिए । ३३ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनी तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए । एसबिआइमा उनी १० बर्ष सम्म रहे ।
अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् ।