नबिल बैंक र युनाईटेड फाइनान्सको एकिकृत कारोबार असार २७ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 10:36:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात असार २७ गतेदेखि एकिकृत वित्तीय कारोबार गर्ने भएको छ ।  युनाइटेडलाई प्राप्तिपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।   

असार ५ गते बसेको दुवै संस्थाको विशेष साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो भने राष्ट्र बैंकले असार १५ मा र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई १००:३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात् युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।  

प्राप्ति पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने शाखा सञ्जाल वृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । एटिएम संख्या १९० हुनेछ । निक्षेप २१६ अर्ब हुनेछ भने कर्जा २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार)। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved