सेन्चुरी बैंकका सीइओ गौतमको राजिनामा संचालक समितिमा विचाराधीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 10:42:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited  ले बैंकका प्रमुख कार्यकारी अधिकृतले राजिनामा विचाराधीन रहेको जनाएको छ । बैंकका कम्पनी सचिव तुलसी राम भट्टराईले प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले राजिनामा दिएको र उक्त राजिनामा संचालक समितिमा विचाराधीन रहेको जानकारी दिएका हुन् 

बैंकले यस बारेको जानकारी नेप्सेलाई पनि दिएको छ  । सीइओ गौतमले हिजो आइतबार साँझ बसेको संचालक समितिको बैठकमा राजिनामा पेश गरेका गरेका थिए । 

गौतम २०७५ बैशाख १९ गतेदेखि  बैंकको सीईओ भएका थिए। सेन्चुरीमा सीइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।  त्यस अघि भने उनी माछापुच्छ्रे बैंकको सीईओ थिए ।  माछापुच्छ्रे आउनु अघि गौतम नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर थिए ।  ३३ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनी तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए । एसबिआइमा उनी १० बर्ष सम्म रहे । 

अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved