कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 03:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको दुम्किबास शाखा कार्यालय स्थानान्तरण भएको छ । नवलपरासीको त्रिवेणी गाउंपालिका स्थित दुम्किबासमा रहेको बैंकको शाखा कार्यालय ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको अगाडिको भवनमा सरेकाे हो ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहेर बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम् मार्फत सेवा दिँदै आएको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved