ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 04:59:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । 

आइतबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकले रेबानमा आवद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको विना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौता पश्चात बैंकले रेबानमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंङ सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याइ आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।  

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वितिय साक्षरता,उद्यमशीलता विकासका निमित्त रेबान सँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने बताएको छ ।

                                                                                                                                                                                                                                                                                                                                                                    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved