३ दिन नबिल बैंक र युनाइटेड फाइनान्सको बैंकिङ कारोबार प्रभावित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 12:50:30 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन दिन नबिल बैंक Nabil Bank Limited र युनाइटेड फाइनान्सको कारोबार प्रभावित हुने भएको छ  । नबिल बैंकले युनाइटेड फाइनान्सलाई गाभेर असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने लागेको र डाटा माइग्रेसन गर्नु पर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको हो  ।

बैंकका अनुसार असार २५ गते शुक्रबार बेलुका ४ बजेदेखि असार २७ गते बिहान ९ बजेसम्म दुवै संस्थाको सम्पूर्ण बैंकिंग सेवा तथा कारोबार बन्द रहने छ। त्यस्तै सार्वजनिक विदाको संचालन हुने काउन्टर र ३६५ बैंकिंग सेवा पनि बन्द रहने बैंकले जनाएको छ  । यस अवधिमा क्रेडिट कार्ड, प्रिपेड कार्ड, पेमेन्ट गेटवे तथा पीओएस सेवा भने संचालन नै रहने बैंकले जनाएको छ  ।

नबिलले युनाईटेडलाई प्राप्ति गरे पश्चात असार २७ गतेदेखि एकिकृत वित्तीय कारोबार गर्ने भएको हो ।  युनाइटेडलाई प्राप्तिपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।   

असार ५ गते बसेको दुवै संस्थाको विशेष साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो भने राष्ट्र बैंकले असार १५ मा र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई १००:३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात् युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।  

प्राप्ति पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने शाखा सञ्जाल वृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । एटिएम संख्या १९० हुनेछ । निक्षेप २१६ अर्ब हुनेछ भने कर्जा २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार)। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved