नेपाल एसबिआई बैंकद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 04:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  ले २८ औ वार्षिकोत्सव मनाएको छ ।  बैंकएल आज जुलाई ७ तारिखमा वार्षिकोत्सव मनाएको हो ।  

वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुगानाका साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको बैंकले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved