कृषि विकास बैंकले ल्यायो एकै निवेदनबाट अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 05:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited ले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि अनलाइन डिम्याट खाता खोल्ने सहितका सेवाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरेका हुन् ।

अब ग्राहकले अनलाइनबाट डिम्याट खाता, मेरो सेयर खाता, सी.आरंएन, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता नभएका ग्राहकहरुले देश तथा विदेशबाट पनि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । 

यो सेवाका लागि जुनसुकै दिन २४ सै घण्टा आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

एकै निवेदनबाट बैंकका धेरै सेवा लिन सकिने व्यवस्था गर्ने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो बनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved