३७ औ वार्षिकोत्सवको अवसरमा नबिल बैंकको नयाँ अफर, ५ वटा सेवामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 05:50:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले ३७औँ वार्षिकोत्सवको अवसरमा '37 Days of Happiness' योजना ल्याएको छ ।  बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित योजना ल्याएको जनाएको छ।

यस अफर अन्तर्गत बैंकले आजदेखि ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ । अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई  अफरको लाभ लिई ढुक्क हुन बैंकले आग्रह गरेको छ ।  

  बैंकले १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved