सेन्चुरीका सीईओ गौतमको राजिनामा स्वीकृत, न्यौपानेलाई कामु सीईओको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 11:32:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited  का बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले दिएको राजिनामा स्वीकृत भएको छ । गौतमले असार २० गते दिएको राजिनामा साउन १ गतेदेखि लागु हुने गरि स्वीकृत भएको हो 

गौतमको राजिनामा असार ३० गते बसेको संचालक समितिको बैठकले स्वीकृति गरेको हो । सोहि बैठकले हाल नायव प्रमुख कार्यकारी मनोज न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई साउन १ देखि लागु हुने गरि कामुको जिम्मेवारी दिईएको हो । 

गौतम २०७५ बैशाख १९ गतेदेखि  बैंकको सीईओ भएका थिए। सेन्चुरीमा सीइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।  त्यस अघि भने उनी माछापुच्छ्रे बैंकको सीईओ थिए ।  माछापुच्छ्रे आउनु अघि गौतम नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर थिए ।  ३३ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनी तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए । एसबिआइमा उनी १० बर्ष सम्म रहे । अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved