मर्जर प्रक्रियामा गए २२० बैंक तथा वित्तीय संस्था, १६६ वटाको इजाजत खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 12:05:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मर्जर नीति लिएपछि २२० बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १६६ संस्थाहरुको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएका छन्।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ जेठ मसान्तसम्म कुल २२० बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका हुन्। ति मध्ये १६६ संस्थाहरुको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएका हुन् ।

कुल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ। २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए  । धादिंगको रुबीभ्याली, जाजरकोटको जुनिचादी र बझाङको साईपालमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ जेठ मसान्तमा १३८ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८ जेठ मसान्तमा १०,६११ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved