यसवर्ष पनि पूरा भएन सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 04:10:48 PM मा प्रकाशित

laxmi bank

सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि नै सबै स्थानीय तहमा क वर्गका वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको थियो । तर, आज चालु आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिनसम्म आईपुग्दा पनि अझै ३ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् ।

राष्ट्र बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा क वर्गका बैंकको उपस्थिती छ । २०७७ जेठसम्म ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुगेकोमा २०७८ जेठ (एक वर्ष) सम्म थप ४ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती भएको हो । 

हालसम्म वाणिज्य बैंकका शाखा नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved