
नेपाल बैंक Nepal Bank Limited ले सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडितलाई सहयोग गरेको छ । त्यसैगरी मनाङको चामेका बाढी पीडितलाई पनि सहयोग गरिएको बैैंकले जनाएको छ ।
मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, स्थानीय बासिन्दाहरु प्रभावित भै बिस्थापित समेत भएका र मेलम्ची बजार तथा सो आसपासका बिभिन्न भौतिक संरचनाहरु पूर्ण तथा आंशिक क्षति भएको अबस्थामा पिडित जनतालाई सहयोग गर्न बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत स्वरुप ४ लाख ५० हजार रुपैया मेलम्ची नगरपालिकालाई उपलब्ध गराएको हो ।
मनाङको चामे गाउँपालिकाका पिडित जनताहरुका लागी पनि बैंकले ४ लाख रुपैंया आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ