
कुमारी बैंक Kumari Bank Limited का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल सकिएको छ । भण्डारीको ४ वर्षे कार्यकाल आज असार ३१ गतेदेखि सकिएको हो ।
यस संगै बैंकले साउन १ गतेदेखि लागु हुने गरि बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको आज बिहिबार बसेको संचालक समितिको बैठकले तिमल्सिनालाई कामु सीइओको जिम्मेवारी दिएको हो ।