कुमारी बैंकले गर्यो सीईओ भण्डारीलाई विदाई, कार्यकाल सुखद् र सफलदायी रहेको निष्कर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 10:23:13 PM मा प्रकाशित

laxmi bank

कुमारी बैंक Kumari Bank Limited  का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल समाप्त गरि बैंकबाट विदा लिएका छन् । अजस असार ३१ गते ४ वर्षे कार्यकाल सकेर उनी बाहिरिएका हुन् ।  

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको बैंकले दिएको छ । उनको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको उल्लेख गरेको छ । बैंकले यही कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो । 

 भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना व्यक्त गरेका छन्।

बैंकले हाल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुज मणि तिमिल्सिनालाई  साउन १ गतेदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved