सिभिल बैंकले ल्यायो उच्च ब्याजदर दिने २ खाता योजना, बीमा सुविधा पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 12:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले उच्च ब्याजदर प्रदान गर्ने गरि २ वटा खाता योजना संचालनमा ल्याएको छ । बैंकले नयाँ आर्थिक वर्षको पहिला दिन  ६.०१ प्रतिशत ब्याज दिने गरी  सूपर प्रिमियम बचत खाता र ७.०१ प्रतिशत ब्याज दिने गरि खुत्रुके बचत सञ्चालनमा ल्याएको हो  ।

बैंकका अनुसार ६.०१ प्रतिशत ब्याज पाइने सुपर प्रिमियम बचत खातामा विभिन्न ६ वटा घातक बीमा सुविधा पनि रहेको छ । मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरिएको बैंकले जनाएको छ । यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने र  १८ देखी ५८ वर्ष उमेरका व्यक्तिले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ । 

त्यस्तै  खुत्रुके बचत खातामा  न्यूनतम ५०० रुपैयाँ पैसा हुुनुपर्ने र यो खातामा संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेकको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved