एनआईसीको अनलाइन अकाउण्ट ओपनिङ च्यालेन्जको विजेता बन्दै सुदिक्षाले जितिन् आईफोन–१२

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 06:18:19 PM मा प्रकाशित

laxmi bank

एनआईसी एशिया बैंकले आयोजना गरेको अनलाइन अकाण्ट ओपनिङ च्यालेन्ज प्रतियोगीताको विजेता घोषणा गरेको छ 

प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छिन् । २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन् ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भएका छन् । रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्कीले स्मार्ट वाच जितेका छन् ।

प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन् । 

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढिले खाता खोलेका छन् । 

प्रतियोगिताका विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । 

साथै, २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन गरेको युट्युबर लक्षित ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ बारे भिडियो च्यालेन्जको नतिजा बैंकले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

एनआईसी एशिया बैंकले हाल ३५६ शाखा, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved