बैंकका अध्यक्षहरुले अर्थमन्त्रीलाई दिए दर्जन सुझाव, ४ माग पुरा भए मर्जमा जान तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 11:00:32 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन 'बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)'ले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बैंकिङ सेवाको पहुँच विस्तार गर्ने सम्बन्धमा विभिन्न सुझाव पेश गरेको छ। परिसंघले संस्थागत कर घटाउन पर्ने, मर्जरमा थप सुविधा दिनु पर्ने, संस्थापक शेयर साधारण सेयरमा रुपान्तरण गर्न पाउनु पर्ने, बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्ने लगायतका सुझाव दिएको हो ।

परिसंघले बैंकलाई मर्जमा जानको प्रोत्साहन गर्न विभिन्न ब्यबस्था गर्न सुझाव दिएको छ । वित्तीय संस्थाहरु गाभ्ने र गाभिने तथा प्राप्ती गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई दीर्घकालीनरुपमा दिगो बनाउने तरिकाले निर्देशन जारी गरिए मात्र बैंक तथा वित्तीय संस्थाहरुको जग बलियो हुन गइ उत्पादनशील क्षेत्रमा लगानी बढ्ने र समग्ररुपमा नेपालको अर्थतन्त्र नै मजबुत हुने परिसंघले जनाएको छ।

परिसंघले एउटै प्रकृतिका बैंक तथा वित्तीय संस्थाहरु एक–आपसमा गाभिएमा ५ प्रतिशतको Interest Spread रेटको सुविधालाई ५ बर्षसम्मका लागि निरन्तरता दिइनु पर्ने, बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने तथा प्राप्ती भएपश्चात् गाभिएका बैंक तथा वित्तीय संस्थाका तत्कालिन अवस्थामा संचालित ५०० मिटर दुरीसम्मका शाखा कार्यालयहरुलाई स्थानान्तरण वा मिलान गर्ने कार्य स्वयं गाभिएको संस्थाले नै गर्न पाउने व्यवस्था कायम गरिनु पर्ने माग परिसंघले राखेको छ ।

त्यस्तै लाभांश करमा भइआएको ५% छुटलाई ५ बर्षसम्म निरन्तरता दिइनु पर्ने, र गाभ्ने र गाभिने वा प्राप्तीको प्रक्रियामा जाने बैंक तथा वित्तीय संस्थाहरुले तत् अवस्थामा वहाल रहेका संचालक समितिमा रहेका प्रतिनिधि र कर्मचारीहरुलाई समायोजन गर्नुपर्ने, लगायतका भारहरुको व्यवस्थापनका लागि गाभ्ने र गाभिने वा प्राप्ती भएपछिको पहिलो साधारणसभासम्मको लागि संचालक समितिको आकार ९ सदस्यीय हुने व्यवस्था कायम गर्न परिसंघले माग गरेको छ।  

परिसंघले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिन पनि आग्रह गरेको छ  । लगानीकर्ताको लगानी सुरक्षित गर्न, पुँजीबजारको विकास एवं विस्तार गर्न र वित्तबजारलाई अझ पारदर्शिरुपले संचालन गर्न समेत सहयोग पुग्ने हुँदा बैंकका सहायक कम्पनीहरुलाई समेत ब्रोकर लाइसेन्स दिने व्यवस्था यथासंभव छिटो गर्न परिसंघले आग्रह गरेको छ।

त्यस्तै परिसंघले संस्थापक शेयर साधारण सेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था गर्न आग्रह गरेको छ । परिसंघले भनेको छ 'बैंक तथा वित्तीय संस्था ऐन, ०७३ को दफा ११ को ४ मा बैंक सञ्चालन भएको १० वर्ष पुगेपछि राष्ट्र बैंकको स्वीकृतिमा बैंकहरुले संस्थापक शेयर क्रमशः साधारण शेयरमा रुपान्तरण गर्न पाउने स्पष्ट व्यवस्था गरिएको भएतापनि सो व्यवस्थालाई हालसम्म कार्यान्वयनमा ल्याइएको छैन । तसर्थ, संचालनमा आएको १० बर्षपछि बैंक तथा वित्तीय संस्थाले स्थायित्व प्राप्त गरिसक्ने हुँदा संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था युक्तिसंगत हुनुकासाथै अन्य देशहरुमा संस्थापक शेयर र साधारण शेयरको मूल्य समेत समान भएको सन्दर्भमा नेपालमा समेत सो व्यवस्था सान्दर्भिक हुने भएकाले उक्त व्यवस्थाको कार्यान्यवन गरिनुपर्दछ ।'

तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंक  तथा वित्तीय संस्थाहरुलाई थप सुविधासहित प्रोत्साहन गर्न परिसंघले आग्रह गरेको छ। साथै, वर्तमान व्यवस्थालाई संशोधन गरी त्यस्तो जरिवाना लाग्ने समय सिमा २०८० आषाढ मसान्तसम्म पु¥याउन सुझाव दिएको छ । विदेशीबाट सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याइ नेपाली मुद्रामा कर्जा प्रवाह गर्दा उत्पन्न हुने जोखिम राष्ट्र बैंकले व्यवस्थापन गर्ने गरी हेजिङ सम्बन्धी नीतिगत व्यवस्था गर्न पनि परिसंघले आग्रह गरेको छ। 

प्रदे्रश तथा स्थानीय तहको बैंक खाता वाणिज्य बैंकहरुमा मात्र संचालन हुने हालको व्यवस्थालाई नीतिगत परिवर्तन गरी पायक पर्ने विकास बैक तथा वित्तिय संस्थाहरुमा समेत खाता संचालन गर्न सक्ने गरी व्यवस्था गर्न परिसंघले आग्रह गरेको छ । साथै, स्थानिय तहको सरकारी निक्षेपलाई सरकारी बाणिज्य बैंकबाट सो सरहका अन्य बैंकमा सार्दा सहमति लिनुपर्ने व्यवस्थालाई सरलीकृत गरी सतप्रतिशत निक्षेपमा बैंकहरुले गणना गर्न पाउने व्यवस्था समेत कायम गरिनु मनासिव देखिने परिसंघले जनाएको छ। 

विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारोवारको दायरा प्रष्ट्याइ “विकास बैंक” तथा “फाइनान्स बैंक” लेख्न  पाउने कानुनी व्यवस्था गर्न पनि परिसंघले सुझाव दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved