‘युरो कप विथ फोन लोन’ का बिजेता अशोकले पाए ५५ इन्चको स्मार्ट टिभी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 04:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् ।

विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन् । ‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए । 

यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । 

विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । यो योजनामार्फत फोनलोनले ग्राहकमाझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।

पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved