एनआईसीमा १०० रुपैयाँ लगानी गर्नेले कमाए १३ हजार ६६२, कर्जा र निक्षेपमा ऐतिहासिक वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 07:54:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले आफ्नो चौबिसौं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई बिभिन्न छुट तथा अफरहरुको सुविधा ल्याएको छ। यस अवसरमा बैंकले २४ प्रतिशतसम्मको क्यास ब्याक छुट दिने भएको छ।  

२४ प्रतिशतसम्मको क्यासब्याक योजना पाउनलाई बैंकका ग्राहकले डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ईकमर्श मार्फत भुकात्नी गर्नुपर्नेछ।   त्यस्तै एनआईसी एशिया मोबैंक मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० सम्म क्यासब्याक हुनेछ। 

त्यस्तै यस अवसरमा साउन ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १,००० (एक हजार) ग्राहकले पनि यो सुविधा प्राप्त गर्न सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिएका छन्। 

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा 'डिजिटल फर्स्ट' को रणनीति अख्तियार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिने र जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि बैंकिंग सेवाहरु उपभोग गर्न मिल्ने गरि 'सेल्फ हेल्फ़' तथा 'लाइफ स्टाइल' बैंकिगको अवधारणा अंगिकार गर्ने रानीति लिएको छ।  

'बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आ.व. २०७८÷७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई हामी अघि बढेका छौं।' प्रमुख सूचना अधिकारी पाण्डेले जनाए।  

बैंकले दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको छ। 

२४ वर्षसम्ममा आइपुग्दा एनआईसी एसिया ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम सहितको ठुलो संजाल भएको बैंक बनेको छ। बैंकले २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत बैंकिग सेवा प्रदान गर्दै आएको छ।  

सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको ।करिब १ सय ३६ गुणाको वृद्धि हो । हालसम्ममा बैंकले प्रत्यक्ष र अप्रत्यक्ष रु १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ। 

त्यस्तै गत आर्थिक बर्ष बैंक कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको छ। गत आर्थिक बर्षमा बैंकले समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved