आज दिउँसोदेखि आइतबार बिहानसम्म कृषि विकास बैंकको सबै सेवा बन्द रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 08:50:28 AM मा प्रकाशित

laxmi bank

आज शुक्रबार दिउँसोदेखि आइतबार बिहानसम्म कृषि विकास बैंक Agriculture Development Bank Limited  को सेवा प्रभावित हुने भएको छ । बैंकले हाल संचालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भएकोले आज शुक्रबार दिउँसो २:३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको हो । 

यस अवधिमा  मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग , एटिएम, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड लगायत सबै सेवा बन्द रहने बैंकले उल्लेख गरेको छ । 

बैंकले हाल प्रयोग गरिरहेको कोर बैंकिंग सफ्टवेयर Temenos-24 एप्लिकेसनको भर्जन R-16 लाई Version-R20 मा अपग्रेड गर्न लागेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved