ग्लोबल आइएमईका कर्मचारीले ७ दिन पर्यटन बिदा लिनुपर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 23, 2021 | 04:22:45 PM मा प्रकाशित

mega bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले कर्मचारीले ७ दिन अनिवार्य पर्यटन बिदा लिनुपर्ने व्यवस्था गरेको छ । बैंकले कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा ७ दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको हो । 

कोभिड महामारीले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ का कारण प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको भन्दै बैंकले यस्तो योजना ल्याएको हो । 

बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 

ग्लोबल आइएमई बैंकले हाल २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved