सनराइज बैंकद्वारा बारा र कपिलवस्तुमा सेवा बिस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 10:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले शाखारहित बैंकिङ्ग र ए.टि.एम सेवा बिस्तार गरेको छ । बैंकले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा ए.टि.एम सेवाको सुरुवात गरेकोहो ।

 ए.टि.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टि.एम सेवा अन्तर्गत ए.टि.एम कार्ड र बिना ए.टि.एम कार्ड मार्फत (Sunrise smart+ app) मार्फत Cardless Cash Withdrawal कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणका प्रहरी कर्मचारीहरु र स्थानिय जनसमुदायलाई लक्षित गरी  बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडे, उदयपुरमा आफ्नो ७८ औं शाखारहित बैंकिङ्ग सेवाको साउन २ गते शनिबार सुुरुवात गरेको थियो । हालसम्म बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved