दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकले दियो ७ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 02:59:31 PM मा प्रकाशित

laxmi  sunrise bank

दुर्घटनामा परी  निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल Mega Bank Nepal Limited ले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन्। संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो । 

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको बैंकले जनाएको छ । ग्राहक र उनीहरुको परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको बैंकले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved