ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 01:13:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघ संगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक बिर बहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ । 

बैंकले ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट  सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved