सिद्धार्थ बैंकका ग्राहकहरुलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 03:33:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited का ग्राहकले ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टरमा छुट पाउने भएका छन् । बैंक र अर्थोप्लास्ट रिह्याब सेन्टरबीच भएको सम्झौता अनुसार सिद्धार्थका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५ प्रतिशत सम्मको छुट पाउने छन् । 

साथै उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट प्राप्त गर्न सक्ने छन् । 

मनकामना अस्पताल टुम्लिङटार, चितवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, चितवन, पार्कल्याण्ड अस्पताल, पोखरा, नवजिवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, बुटवल, न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, धनगढीमा पनि छुट पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved