नेपाल बैंकबाट राजिनामा दिएरै राष्ट्र बैंकमा सपथ लिएको हुँ : अर्थ सचिव मरासैनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 04:11:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थसचिव मधुकुमार मरासैनीले आफुले नेपाल बैंकको संचालक समितिको अध्यक्षबाट राजिनामा दिएर मात्र नेपाल राष्ट्र बैंकको संचालक पदको सपथ लिएको प्रष्ट पारेका छन् । बिजपाटीसँग कुरा गर्दै उनले आफुले नेपाल  बैंकको अध्यक्षबाट हिजो नै राजिनामा दिएको बताएका हुन् । 

उनले भने 'मैले हिजो बेलुका नै नेपाल बैंकको अध्यक्षबाट राजिनामा दिईसकेको छु, नेपाल बैंकमा राजिनामा दिएर नै आज राष्ट्र बैंकको संचालक समितिको सदस्यको रुपमा सपथ लिएको हुँ'।  

राष्ट्र बैंक ऐनअनुसार सरकारको प्रतिनिधिका रुपमा अर्थसचिव राष्ट्र बैंकको पदेन सञ्चालक रहने व्यवस्था छ । उनले साउन १८ गतेदेखि अर्थसचिवका रुपमा कार्यभार सम्हालेका हुन् ।

वाणिज्य बैंक तथा वित्तीय संस्थाको बाहलवाला पदाधिकारी भएको व्यक्ति राष्ट्र बैंकमा सञ्चालक समिति सदस्य हुन नपाउने ब्यबस्था राष्ट्र बैंक ऐनमा भएकोले उनले नेपाल बैंकबाट राजिनामा दिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved