सेञ्चुरीले भन्यो, ‘बैंक र अध्यक्षका विषयमा आएका समाचार सत्य होइनन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 04:38:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंक Century Commercial Bank Limited ले बैंक र बैंका अध्यक्षका विषयमा आएका समाचारमा कुनै सत्यता नरहेको जनाएको छ । केही अनलाइन सञ्चार माध्यमले बैंक, बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोलकल्पित समाचारहरु प्रकाशित गरेको भन्दै बैंकले ती समाचारमा सत्यता नरहेको जनाएको हो । 

‘बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्नु हुन समेत सम्पूर्ण संचारमध्यमहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छौं’ बैंकले भनेको छ । 

बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको चाँडै यस मुद्धाको फैसला आउनेमा आशावादी रहेको बैंकले जनाएको छ । 

अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोलकल्पित र भ्रामक समाचार प्रेषित गर्नु गलत भएको बैंकको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved