
 2mb (1).gif)
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तहरुको नाफामा नियन्त्रण गर्ने संकेत गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तगर्तको अर्थ समितिले आगामी मौद्रिक नीतिका सन्दर्भमा आयोजना गरेको छलफलमा गभर्नर अधिकारीले लघुवित्तको नाफा अस्वभाविक बढेको बताउदै नियन्त्रण गर्ने संकेत गरेका हुन्।
१५ प्रतिशतको क्याप लगाउँदा पनि लघुवित्त संस्थाहरुको नाफा असामान्य बढेको उनको भनाई थियो । बैंकहरुको नाफा भने सन्तोषजनक रहेको उनले बताए । सांसदहरुले कोरोना प्रभावितलाई दिईएको राहतको रकम पुँजीबजारमा गएको हो कि भन्ने आशंका राख्दै सोधेको प्रश्नमा गभर्नर अधिकारीले मौद्रिक स्टीमुलस पुँजीबजारमा नगएको बताए । ऋणको २० प्रतिशत व्यापार क्षेत्रमा गएको उनको भनाई थियो ।
उनले शोधनान्तर स्थितिमा दबाब बढेपछि विलासिता र अनावश्यक वस्तुको आयातमा नियन्त्रण गर्न आवश्यक रहेको बताए। आगामी मौद्रिक नीतिले पनि पुनर्कर्जालगायत कोभिड–१९ को सहुलियतलाई निरन्तरता दिने उनको भनाई थियो।
अर्थ समितिले आज गभर्नरलाई बोलाएर आगामी मौद्रिक नीति र वर्तमान अर्थतन्त्रको अवस्थाबारे छलफल गरेको हो ।