सुर्खेतको बयलकाँडामा सनराइजको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 05:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले कर्णाली प्रदेशस्थित सुर्खेतको विरेन्द्रनगर नगरपालिका १४ बयलकाँडामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकको यो ८२ औं शाखारहित बैंकिङ सेवा हो ।

गत हप्ता बैंकलै सुदुरपश्चिम प्रदेश, कैलालीको जानकी गाउँपालिका ९ खैरीफाँटा र टिकापुर नगरपालिका ८ धनसिंहपुरमा शाखारहित बैंकिङ्ग सेवा सुरुवात गरेको थियो । 

बैंकले उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा  नियुक्त गरेको छ । सो शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved