Election 2079 Worldcup 2022

ग्लोबल आइएमईका ७ नयाँ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 06:01:54 PM मा प्रकाशित

laxmi bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुर को गठ्ठाघर र धादिङको धादिङबेसीस्थित बिचबजारमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २८० पुगेको छ ।

देशका ७६ जिल्लामा शाखा भएको ग्लोबल आइएमई बैंकले हाल २८० शाखा, २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved