मौद्रिक नीति यो साता पनि नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 01:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता मौद्रिक नीति नआउने भएको छ । तयार नपुगेको भन्दै राष्ट्र बैंकले अर्को साता मात्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले यस साता मौद्रिक नीति आउने सम्भावना टरेको र मौद्रिक नीति अर्को साता मात्र आउने बताएका हुन्  । अर्को साताको अन्त्यसम्ममा मौद्रिक नीति आउने उनले बताए । 

यस अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यहि शुक्रबार वा आगामी आइतबार मौद्रिक नीति आउने बताएका थिए । इकोनोमिक मिडिया सोसाइटीको ज्ञापनपत्र बुझ्ने क्रममा उनले आइतबारसम्म मौद्रिक नीति आउने बताएका थिए । 

तर सरकारले बजेटका प्राथमिकता तथा बजेटको आकार हेरफेर गर्न सक्ने, र सोहि अनुसार मौद्रिक नीति निर्माण गर्नु पर्ने भएकोले अझै समय लाग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र  बैंकको संचालक समितिमा पदेन सदस्यको रुपमा अर्थसचिव मधुकुमार मरासिनीले हिजो बुधबार मात्र संचालकको सपथ लिएका थिए । हिजो सपथ लिएका मरासिनीसहित आज बिहान राष्ट्र बैंकको संचालक समितिको बैठक बसेको थियो। करिब एक घण्टा चलेको बैठकमा बजेट संसोधन पश्चात नै मौद्रिक नीति ल्याउनु पर्ने आशयमा मरासिनीबाट कुरा आएपछि मौद्रिक पर धकेलिएको राष्ट्र बैंक स्रोतले बताएको छ । 

संसदको अर्थ समितिले पनि हिजो नै मौद्रिक नीतिबारे गभर्नरसंग छलफल गरेको थियो ।  मौद्रिक नीति ढिलो आउँदा समस्या नहोस् भनेर बैंकहरुलाई साधारणसभा, लाभांश वितरण र वित्तीय विवरण सार्वजनिक गर्नको लागि सर्कुलर मार्फत बाटो खुलाई सकेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved