एनएमबिको घर कर्जामा ५ वर्षसम्म फिक्स्ड ब्याजदर, कति प्रतिशत ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 03:48:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले प्रति वर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ । ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी बैंकले यो योजना ल्याएको हो ।

डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउने बैंकको विश्वास छ ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ । 

एनएमबि बैंकले हाल १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved