ग्लोबल आइएमई बैंक Global IME Bank Limited र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी कर्णाली प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकहरुलाई व्याज अनुदान प्रदान गर्ने सम्झौता भएको छ ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र ग्लोबल आइएमई बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको “व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६” अनुरुप कर्णाली प्रदेशका व्यवसायिक कृषकहरुका लागि व्याज अनुदान कार्यक्रम संचालन र सो सम्बन्धी व्यवसाय विकास मार्फत कृषकहरुको रोजगारीमा बृद्धि गरी उनीहरुको जीवनस्थरमा सुधार गर्ने उद्देश्यले सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउनेछ । यस ब्याज अनुदान कार्यक्रम संचालनका लागि नेपाल राष्ट्र बैंक, कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजिकरण गर्नेछ ।
ग्लोबल आइएमई बैंकले हाल २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।