मेगा बैंक Mega Bank Nepal Limited ले आगामी कार्तिकदेखि साविकको गण्डकी विकास बैंक र त्यस बैंकमा गाभिएका विकास बैंकहरुको चेक नचल्ने जनाएको छ । बैंकले सूचना जारी गर्दै हालसम्म ति चेकहरुबाट पैसा साट्न सकिने, क्लियारिंग गर्ने तथा भुक्तानी गर्ने गरिएकोमा आगामी कार्तिकदेखि ति चेकहरुबाट पैसा साट्न सकिने, क्लियारिंग गर्ने तथा भुक्तानी नगरिने प्रष्ट पारेको छ।
बैंकले २०७८ असोज ३१ गते भित्र नै साविकको गण्डकी विकास बैंक र साविकको गण्डकी विकासबैंकमा गाभिएका फेवा विकास बैंक र विश्व विकास बैंकको नाम रहेका चेकहरु आफ्नो खाता रहेको शाखामा गई फिर्ता गरेर निशुल्क मेगा बैंकको चेक लिन अनुरोध गरेको छ ।
गण्डकी विकास बैंकलाई गाभेर एकिकृत कारोबार गरेको १ वर्ष भन्दा बढी समय भईसकेको र ग्राहकको वित्तीय सुरक्षालाई समेत मध्यनजर गर्दै अब साविकको गण्डकी विकास बैंक र साविकको गण्डकी विकासबैंकमा गाभिएका फेवा विकास बैंक र विश्व विकास बैंकको नाम रहेका चेकहरु नचल्ने ब्यबस्था गर्न लागिएको बैंकले उल्लेख गरेको छ।
मेग अबंकले गण्डकी विकास बैंकलाई गाभेपछि २०७७ असार २१ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ ।