मौद्रिक नीति सार्वजनिक , हेर्नुस् लाइभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 04:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपरान्ह ४:१५ बजेदेखि चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्न थालेका हुन्। 

आज शुक्रबार बिहान राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको थियो । सरकार परिवर्तन भएको र नयाँ सरकारले बजेट परिवर्तन गर्ने तथा सरकारको प्राथमिकता परिवर्तन हुने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको थियो । तर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको र बजेट प्रतिस्थापन विधयेक तयार पारिसकेकोले राष्ट्र बैंकले सोहि अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति आउँन ढिलाई हुने भएकोले राष्ट्र बैंकले यस अघि नै बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्न र साधारणसभा गर्नको लागि सर्कुलर मार्फत बाटो खुला गरिदिईसकेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुँजीबजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। 

हेर्नुस लाइभ : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved