सिभिलको ‘वरिष्ठ वचत खाता’, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 06:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले ‘वरिष्ठ वचत खाता’ ल्याएको छ । जसमा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ । 

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सर्वाधिक ब्याजदर प्रदान गर्ने र कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै खाता बाहकहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।

निक्षेप तर्फ ९१.६७ अर्ब र कर्जा तर्फ ८५.१४ अर्ब पुर्याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशतमा सिमित गर्न सफल भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved