सानिमा बैंकद्वारा दिर्घायु बचत योजनाका लाभग्राहीलाई १० लाख बीमा रकम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 01:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।  बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो ।

बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका हुन्। मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । 

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकको १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved