ग्लोबलका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 06:21:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited का नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण गरेका छन् ।   गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । 

तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका हुन् । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्ने छन्। 

वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved