टियुका विद्यार्थीलाई थेसिस लेख्न राष्ट्र बैंकले फेलोसिप उपलब्ध गराउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 05:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा २०७८ भदौ१ गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो ।

सझदारीपत्रमा बैंकका तर्पmबाट जनशक्ति व्यवस्थापन विभागका का.मु.कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरेका छन्।

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्पmका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आपैmँमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै यो सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । आउँदा दिनमा यस्तो सहकार्यलाई विस्तार गर्दै जानुपर्ने आवश्यकतामा समेत उनले जोड दिएका छन्  ।

कार्यक्रममा का.मु.कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध÷अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् । साथै, बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तो सहकार्य गर्ने बैंकको नीति रहेको जानकारी उनले दिएका छन् ।

कार्यक्रममा अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.अधिकारीले उक्त समझदारीसँगै विश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसै गरी, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. गौतमले बैंक र विश्वविद्यालयबीचको समझदारीलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved