मुक्तिनाथका ग्राहकले नबिल बैंकको सुविधा पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 05:34:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । 

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंक मार्फत लेटर अफ क्रेडिट, डीएपी, डीएए, लोकल बैंक ग्यारेन्टी लगायतका सुबिधा उपभोग गर्न सक्नेछन । 

यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौता पश्चात दुइ बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।  

नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने “नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउ“दा खुसी छौ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउ“दा नबिल बैंक उत्साहित छ र दुबै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।” 

नबिल बैंकस“ग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्ट लगायतका बैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु म्।ुक्तिनाथ विकास बैंकका शाखाहरुबाट नै प्राप्त गर्ने भएकाले बैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ्ग सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved