बैंक अफ काठमाण्डू ल्यायो मसिनमा नहाली कारोबार गर्न मिल्ने कन्ट्याक्टलेस डेबिट कार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 02:49:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड एनएफएसयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस  मेसिनहरु मा प्रयोग गरी ग्राहले भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यस प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहक महानुुभावहरुले ब्यक्तिगत दुरी कायम गर्न सहज हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार हाललाई यस प्रबिधि मार्फत ग्राहक महानुभावहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सकिने छ।

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved