कर्णालीका कृषकले सेञ्चुरीबाट सहूलियतपुर्ण कृषि कर्जा पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 02:56:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  बीच सम्झौता भएको छ ।  मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन मन्त्रालय र बैंकबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन ।

उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले हस्ताक्षर गरेका छन् । 

 बैंकले १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved