हिमालयन बैंकले वन पैदावार महासंघका सदस्यलाई १२ करोडसम्म कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 03:06:01 PM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ।  सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोडसम्मको विशेष कर्जा प्याकेज  प्रदान गर्ने छ। 

यस सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ। उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका समपुर्ण शाखाहरुबाट सहज रुपमा प्राप्त गर्न सक्ने छन् । बैंकका अनुसार यो सम्झौता २०७८ साल भाद्र ४ गते शुक्रबार देखि लागु हुने छ ।

हाल बैंकले ७१ शाखाहरु, १४६ एटिएम र ५००० भन्दा बढी पिओएस मसिनहरुबाट सेवा प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved