गंगालाल अस्पताललाई हिमालयन बैंकको ७ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 04:21:48 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई करिब ७ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ ।

बैंकले सो अस्पतालमा वार्डहरु मर्मत गर्न ६ लाख ९२ हजार ९ सय ६२ रुपैयाँ बराबरको सहयोग गरेको हो । अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत गरी हस्तान्तरण गरेको हो । 

बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको उद्घाटन गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved